Alliancekhabar

सोमबार, जेठ १४, २०८१

नेपालगन्ज, जेठ १४ गते :   तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।

तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ १५ गतेदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिनु भएको जानकारीअनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १९ गतेसम्म बन्द गर्ने निर्णय भएको गरिएको हो ।

उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि मंगलबारदेखि शनिबारसम्म सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताउनुभयो ।

अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकको माग छ ।

चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल