Alliancekhabar

बिहिबार, जेठ १०, २०८१

हुम्ला, जेठ १० गते : नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालनका लागि बन्द गरिएको छ । उक्त खण्डमा सडकको रोकिएको स्तरोन्नति कार्य सुरु भएपछि सडकलाई बन्द गरिएको हो ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालन कार्य बन्द गरिएको बताउनुभयो । उहाँले सो खण्डको सडकमा स्तरोन्नति कार्य सुरु भएको कारण यातायात सेवा आगामी जेठ २२ गतेसम्म सूचना प्रकाशन गरेरै बन्द गर्नु परेको बताउनुभयो । उहाँले यातायात सुचारु गर्दा काममा बाधा पुग्ने, ढिलो हुने र पछिसम्म काम गर्नु पर्ने भएपछि छोटो समयका लागि यातायात सेवा बन्द गरेर कामलाई तीव्रता दिनु परेको बताउनुभयो । यसअघि ट्र्याक खोलेर सडक सञ्चालनमा रहेको थियो ।

हिउँमा परेको हिउँ पन्छाएर एक महिना अगाडी उक्त सडक सुचारु भएको थियो । अहिलेको स्तरोन्नति कार्यमा सो खण्डको सडक आठ मिटर चौडा निर्माण गरिनेछ । साथै ग्याविन पनि लगाउन सुरु गरिएको छ । नारा सडक चार हजार दुई सय सत्तरी मिटर उचाइमा निर्माण कार्य भई रहेको हो । आयोजनाले उक्त सडक निर्माणका लागि नौ करोड ६५ लाख ६८ हजार ७२५ रुपियाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल