Alliancekhabar

बिहिबार, जेठ १०, २०८१

कार्बनमोनोअक्साइड एक प्रकारको ग्यास हो । यसको कुनै गन्ध हुँदैन । रङरहित, गन्धरहित र स्वादरहित यो ग्यासले हामीलाई एक्कासि मृत्युको मुखमा पुर्‍याउन सक्छ । विशेषगरी कार्बनमोनोअक्साइड ग्यास घर न्यानो बनाउन झ्यालढोका बन्द गरेर आगो बाल्दा निस्कन्छ ।

लन्डन हाजर्ड सेन्टर ट्रस्टको रिपोर्ट अनुसार काम गर्ने ठाउँ र घरलाई विषाक्त गर्नेमा एस्बेस्टसपछि कार्बनमोनोअक्साइड दोस्रो स्थानमा पर्छ ।

सवारीसाधन जस्तै मोटरकार, ट्रकमा इन्धन जल्दा, ग्यासबाट चल्ने मोटर, साना इन्जिन चल्दा, ग्यास चुलो, दाउरा तथा कोइला राम्ररी नबल्दा यो ग्यास निस्कन्छ । घर न्यानो बनाउन प्रयोग गरिने ग्यास हिटर, मकल, जाडोमा पानी तताउन प्रयोग गरिने गिजर आदिबाट पनि कार्बनमानोअक्साइड ग्यास बन्छ ।

साँघुरो वा बन्द वा थोरै मात्रामा हावा प्रवाह हुने ठाउँमा यो ग्यास जम्मा हुन्छ । अनि यस्ता ठाउँमा बस्ने मानिस र जनावरले सास फेर्दा यो शरीरभित्र प्रवेश गर्छ र स्वास्थ्यमा गम्भीर प्रभाव पर्छ । कार्बनमोनोअक्साइड ग्यासले शरीरमा प्रभाव पार्दा देखिने लक्षणहरू भनेको रिँगटा लाग्ने, टाउको दुख्ने, कमजोरी महसुस हुने, वाकवाक लाग्ने, कसै–कसैलाई छातीसमेत दुख्ने हुन्छ । बढी मात्रामा कार्बनमोनोअक्साइड शरीरमा जानाले बेहोस हुने र प्रभावितको मृत्युसमेत हुने गर्छ ।

हामीले सास फेर्दा अक्सिजन ग्यास फोक्सोबाट रगतले लिएर शरीरको विभिन्न अङ्गमा पु¥याउँछ । जब हामी कार्बनमोनोअक्साइड भएको ठाउँमा बस्छौँ रगतले अक्सिजनको भन्दा चाँडो कार्बनमोनोअक्साइडलाई टिप्छ र लैजान्छ । रातो रक्त कोषिकाले अक्सिजनभन्दा कार्बनमोनोअक्साइडलाई सजिलै सोस्ने हुँदा रगत विषाक्त हुन्छ । यसले अक्सिजनलाई पूरै विस्थापित गर्छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि कार्बनमोनोअक्साइडले शरीरमा बिगार गर्न थाल्छ ।

यसकारण घरमा पेट्रोलियम पदार्थ वा कोइलाले घर वा पानी तपाउने गरेको भए यस्ता उपकरण राम्ररी र सुरक्षित रूपमा जडान गर्नुपर्छ । कोठामा हावाको प्रवाह राम्रो राख्नु जरुरी हुन्छ ।

हिटर, चुलो बाल्दा आगोको ज्वाला निलो नभई पहेँलो छ भने केही गडबडी छ र त्यसबाट कार्बनमोनोअक्साइड निस्कन सक्छ भनेर सतर्क भइहाल्नु पर्छ । झ्याल वा ढोका खुला राखेर मात्र आगो बाल्ने वा कोठा तताउनु बुद्धिमानी हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल