Alliancekhabar

बिहिबार, जेठ १०, २०८१

काठमाडौँ, जेठ १० गते : चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ ।

नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएका छन् ।

विभागका अनुसार तुर्किमिनिस्तानबाट एक अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट एक अर्ब ११ करोड रुपियाँको युरिया भित्रिएको छ । यस्तै रुसबाट दुई अर्ब ५५ करोडको युरिया, कतारबाट एक अर्ब ८९ करोडको र ओमानबाट चार अर्ब ७० करोडको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुरुनाईबाट तीन अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट पाँच करोड १३ लाख रुपियाँको आयात भएको छ ।

यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । यस्तै क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपियाँको पोटास आयात भएको छ । धान बाली, गहुँ बाली, तरकारी बालीलगायतका अन्य बालीमा रासायनिक मलको प्रयोग हुन्छ । अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ ।

प्रत्येक वर्ष धान रोप्ने बेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ । माग अनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल