alliance khabar

शनिबार, जेठ ०५, २०८१

काठमाडौं , जेठ ५, २०८१

नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेहरूमा एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् ।

पहिलो नम्बरमा बढुवा सिफारिस भएका एसएसपी शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । यस्तै, दोस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएउका कार्की प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने डा. केसी प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छन् ।

चौथो नम्बरमा सिफारिस भएका अधिकारी भने हेडक्वार्टरको तालिम निर्देशनालयमा कार्यरत छन् । अहिले तीन डीआईजीको दरबन्दी रिक्त छ । तर, १० जेठमा डीआईजी सुरेन्द्र मनौलीले उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले रिक्त हुने दरबन्दीलाई मध्यनजर गरेर चार जनालाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।

डीआईजीमा बढुवाका लागि २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक मा भर्ना भएका चार ब्याचका एसएसपीहरू प्रतिस्पर्धामा थिए । तर, २०५२ मा प्रहरी निरीक्षक भएका शर्मासँगै २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन् । योसँगै २०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका एसएसपीहरूको टोली भने बढुवामा छुटेको छ ।

 

डीआईजीमा बढुवाका लागि एसएसपीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्दलगायत प्रतिस्पर्धामा थिए । प्रहरी प्रधान कार्यालयले भने प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल