alliance khabar

शनिबार, साउन २७, २०८०

साउन २७ , काठमाडौ ।

नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिले विश्व युवा दिवस ( अगष्ट १२ ) को अवसरमा शनिबार प्रभातफेरी तथा सडक बहस कार्यक्रम सम्पन्न गरेका छन् । रातिदेखि नै भइरहेको झमझम वर्षातलाई समेत बेवास्ता गरि एकाबिहानै ट्रेड युनियन कांग्रेस सम्बद्ध सदस्यहरु माइतीघर मण्डला पुगेका थिए । यसवर्षको युवा दिवसको नारा ” दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास ” रहेको थियो ।

र्याली माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेपछि जलवायु परिवर्तन र न्यायोचित रूपान्तरण विषयक सडक बहसमा परिणत भएको थियो । बहसमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले कार्बन उत्सर्जनमा नेपालको न्यून भुमिका रहे पनि उच्च जोखिम रहेको बताउनुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो ” – कार्बन उत्सर्जनमा नेपालको खासै भुमिका छैन तर पनि हामी विश्वकै उच्च जोखिममा छौ । जलवायु परिवर्तनबारे विश्व सम्मेलनमा नेपाल जस्ता देशहरूले आफू अन्यायमा परेको आवाज जोडदार उठाउनु पर्छ । ” अध्यक्ष कुँवरले विकास निर्माण लगायत आर्थिक गतिविधिमा वातावरणमैत्री बन्नुपर्ने धारणा राख्नु हुँदै हरित अर्थतन्त्रमा जादा न्यायोचित रूपान्तरण हुनुपर्ने तर्क राख्नुभयो ।No description available.

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले पुर्वाधार निर्माण तथा आर्थिक गतिविधि गर्दा नेपालले वातावरण विनास रोक्ने र पर्यावरणीय सन्तुलन कायम राख्नुपर्ने कानुन निर्माण गरेको उल्लेख गर्नु हुँदै कानुनको प्रभावकारी कार्यान्वयन गरि कार्बनरहित वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरनिको राजभण्डारीले जलवायु परिवर्तन नियन्त्रण गर्ने मुख्य उपाय हरित रोजगारी रहेको बताउनुभयो ।

राजभण्डारीले भन्नुभयो “- हरित रोजगारीमा जानुको विकल्प छैन तर त्यसकोलागी व्यवसायी र श्रमिकलाई सरकारले उचित सहयोग र वातावरण निर्माण गर्नुपर्छ । कार्बनयुक्त अवस्थाबाट हरित रोजगारीमा रूपान्तरण हुँदा श्रमिकको रोजगारीको ग्यारेण्टी , श्रमिकलाई नयाँ प्रविधिमा जादा सीप र तालीमको व्यवस्था , क्षतिपुर्ती , सामाजिक सुरक्षा , सामाजिक संवाद, लैङिक समानता कायम हुनुलाई न्यायोचित रूपान्तरण मानिन्छ ।

जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिलाई नियन्त्रण गर्न सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराउने उदेश्यले विश्व युवा दिवसको अवसरमा सडक बहसको आयोजना गरेको ट्रेड युनियन कांग्रेसका युवा समिति अध्यक्ष दिपेन्द्र सुनारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल