alliance khabar

शनिबार, बैशाख ०८, २०८१

सिरहा, ८ वैशाख :

सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गर्नुभयो ।

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताउनुभयो । दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ । अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ । घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत संरचना पनि निर्माण हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल