R Pokharel

शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं ः गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ ।
रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ ।

गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ ।
बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल छन् ।

यस भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन अर्जुन खड्काले गरेका छन् । ए जे अजुको व्यवस्थापनमा शुटिङ् सम्पन्न भएको थियो ।
यस भिडियोलाई रन्जित सुनारले निर्देशन गरेका हुन् ।

नयाँ तथा पछाडि परेका, प्रतिभा भएका कलाकारहरुलाई मौका दिनुपर्ने बताउँछन् गीतकार दावा तामाङ ।
गीतकार तामाङका धेरै गीतहरु आइसकेका छन् । गीतहरुको बजारमा यस भिडियोले पनि दर्शक स्रोताको मन जित्नेमा विश्वस्त रहेको गीतकार दावा तामाङले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल