alliance khabar

बिहिबार, चैत्र ०८, २०८०

काठमाडौँ, चैत ८ गते। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयले बिहीबार ७७ जिल्लाका प्रजिअलाई निर्देशन पठाउनुभएको हो।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरणका साथै नागरिकको भरोसा अभिवृद्धि गर्न विभिन्न कार्य सम्पादन गर्न वा गराउन निर्देशन दिनुभएको हो।

गृह मन्त्रालयले पठाएको निर्देशनमा भनिएको छ, ‘‘स्थानीय प्रशासनलाई प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी पूरा गर्न तथा सुशासन, सेवा प्रवाह र विकास निर्माणमा समन्वय र सहजीकरण गर्ने उद्देश्यले सकारात्मक सोचका साथ प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन,नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमासक्रिय भूमिका निर्वाह गरी सरकार प्रति नागरिकको भरोसा अभिवृद्धि गर्न देहायबमोजिम कार्य सम्पादन गर्नु गराउनुहुन उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल