Alliancekhabar

बुधबार, साउन २४, २०८०

काठमाडौँ , साउन २४

गोकर्णेश्वर नगरपालिकाले नगरवासीको स्वास्थ्यमा नि: शुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ।

हाल देशव्यापी रुपमा फैलिएको आँखासम्बन्धी रोगका कारण जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेकोले उक्त रोगको समस्या गोकर्णेश्वर नगरपालिकाका जनतामा पनि देखिएको छ ।

आँखा पाक्ने रोग नियन्त्रण गर्नका लागि नगरपालिकाद्वारा संचालित गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको नगर अस्पतालमा गोकर्णेश्वर नगरबासीका लागि निशुल्क आँखा जाँच र औषधि वितरण गर्ने गोकर्णेश्वर नगरपालिका प्रबक्ता नारायण बहादुर सुवेदीले बताउनुभयो ।

आँखा जाँच कार्यक्रम गोकर्णेश्वर नगर अस्पतालमा मिति २०८० साल ४ महिना २५ गते समय बिहान ८ बजेदेखि अपराह्न ३ बजे सम्म आँखा पाक्ने रोग नियन्त्रण नहुन्जेल सार्वजनिक विदाका दिनमा समेत सेवा प्रदानगर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकाका प्रबक्ता नारायण बहादुर सुवेदीले जानकारी दिनुभयो।

Open photo

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल