Alliancekhabar

सोमबार, साउन २२, २०८०

मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो ।

घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियोे ।

हालसम्म ११ वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह गरेको थियो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

सामाजिक सुरक्षा लाभग्राहीको हालसम्म नवीकरणअन्तर्गत ६८ वर्ष बढी उमेर पुगेका नागरिक एक हजार तीन सय ५७ , ज्येष्ठ दलित दुई सय ८३ , ज्येष्ठ एकल एक सय ६० , विधवा चार सय एक , पूर्ण अपाङ्ग (क) वर्ग आठ , (ख) वर्ग अपाङ्ग ३७ , बालबालिका क्षेत्र तोकिएका नौ सय ३६ बालबालिका दलित तीन सय ७३ जनाले नवीकरण गरेका छन् भने ९१ नयाँ दर्ता भएका छन् ।

गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही सङ्ख्या पाँच हजार नौ सय ८४ जना कायम भएको प्राविधिक होमबहादुर साउदले बताउनुभयो । त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वडामा एक हजार एक सय सात जनाले गरेका छन् । यसमा दुई लाख ३७ हजार सात सय ८४ राजस्व सङ्कलन गरिएको छ ।

मंगलसेन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफूले आफ्नो घर आँगनमै सेवा पाउँदा खुशी महसुस भएको मङ्गलसेन –६ का गङ्गाराम भण्डारीले बताउनुभयो ।

नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरले नगरपालिकाबाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा, डाँडीगडे, कालागाँका नागरिकले गाउँमै सेवा पाएपछि उनीहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल