Alliancekhabar

आइतबार, साउन २१, २०८०

महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गर्नुभएको हो ।

आफ्नो बस्तीमा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास–१२, १३ बिजलपुराका बासिन्दा खुशी भएका छन् । सानो–तिनो उपचारका लागि टाढा अस्पताल जानुपर्ने झन्झट र खर्चिलो उपचारबाट राहत पाइने बर्दिबास–१२ की गीतादेवी महतोले बताउनुभयो । यहीँ नै प्रसूतिकक्ष सञ्चालनमा आएपछि ज्यान जोखिममा पारेर घरमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ छ । बिजलपुरा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने बर्दिबास नगरक्षेत्रको दोस्रो सरकारी स्वास्थ्य संस्था हो । यसअघिदेखि नै बर्दिबास अस्पतालले यी सेवा दिँदै आएको छ ।

सो अवसरमा नगरप्रमुख क्षेत्रीले बिजलपुरा स्वास्थ्यचौकीलाई एक महिनाभित्र एम्बुलेन्स दिइने घोषणा गर्नुभयो । बिजलपुरा स्वास्थ्यचौकीमा थपिएको सेवाले गौशाला, भङ्गाहा र औरही नगरपालिकाका १० भन्दा बढी बस्ती र बर्दिबासकै वडा नं ८ र ९ का सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । भङ्गाहाका ४, ६ र ७ औरहीका १ र २ एवं गौशालाका १ र ३ वडा बिजलपुरासँग जोडिएका बस्ती हुन् ।

त्यसैगरी बर्दिबासका ८ र ९ पनि बिजलपुरासँग जोडिएका छन् । गौशाला नगरपालिकाका प्रमुख डा दीपेन्द्र महतोसहितका सर्वसाधारणको उपस्थिति थियो । बिजलपुराका अगुवा समाजसेवी कृष्णप्रसाद पौडेलले करिब रु एक करोड ५० लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा स्वास्थ्यचौकी निर्माणका लागि एक दशक पहिले नै निःशुल्क प्रदान गर्नुभएको थियो । सोही जगगामा निर्मित आधुनिक भवनमा स्वास्थ्यचौकी सञ्चालन छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल