alliance khabar

सोमबार, पुष २३, २०८०

ढोरपाटन (बागलुङ), २३ पुस : निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे । गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताउनुभयो । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उहाँको भनाइ छ ।

“नजिकमा अस्पताल थिएन, गाउँमा कोही बिरामी प¥यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, कहिले बूढाबूढी बिरामी हुन्छन्, कहिले केटाकेटी बिरामी हुन्छन्, उनीहरुलाई देवीस्थान र बुर्तिबाङ पु¥याउनुको विकल्प थिएन”, उहाँले भन्नुभयो, “यहाँ ठूलो रोगको उपचार त हुँदैन भन्छन्, तर साना तिना रोग लागे, घाउ चोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँ घरमै पाइने सुविधा आयो ।”

लेबाङमा करिब छ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताउनुभयो । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निसीखोलामा अहिलेसम्म दूरदराजका नागरिकले सहजरुपमा सामान्य प्रकारका स्वास्थ्य सेवा पाउन गरेका छैनन्, भौगोलिक विकटता र छरिएको बस्ती हुँदा सबै ठाउँमा एकै पटक सेवा प्रवाह गर्न समस्या हुँदो रैछ, यद्यपि हामीहरु निर्वाचित भएर आएपछि धेरै ठाउँमा स्वास्थ्य सेवा पु¥याएका छौँ, निसेलढोर पनि केही समय अगाडि पु¥यायौँ, अब धेरै ठाउँ छैन, हरेक नागरिकले कम्तीमा आधा घण्टाको दूरीमा सामान्य स्वास्थ्य सेवा पाउने गरि व्यवस्था मिलाएका छौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल