alliance khabar

बिहिबार, पौष १२, २०८०

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन ।

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक÷एक विकेट लिए । अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल