alliance khabar

आइतबार, पौष ०८, २०८०

काठमाडौँ, ८ पुस ः प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।

कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।

त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् ।

त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् । मधेश प्रदेस अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल