Alliancekhabar

शनिबार, साउन २०, २०८०

सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो ।

नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गर्नुभएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।”

नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताउनुभयो । “नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु”, महराले भन्नुभयो, “घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु । यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ ।”

गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल