Alliancekhabar

बुधबार, साउन १७, २०८०

मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ।

आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन।

आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ। र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ। आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन्। एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ।

जीवाणु कन्जंक्टिवाइटिस एउटा आँखामा हुन्छ तर कहिलेकाहीँ दुवै आँखामा पनि हुन सक्छ। आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ। परेली टाँसिएको अनुभव हुन्छ। यो समस्या अहिले जताततै देखिएको छ।

भाइरस कन्जंक्टिवाइटिस एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्को आँखालाई पनि असर गर्न सक्छ। यस्तो अवस्थामा आँखाबाट धेरै आँसु र पानी आउने हुन्छ। कानको अगाडिको भाग (प्रि-ओरिकुलर लिम्फ नोड) सुन्निने र  दुख्ने गर्छ।
एलर्जिक  कन्जंक्टिवाइटिसमा आँसु धेरै आउने र चिलाउने गर्छ। यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो-धुवाँका कारण हुने गर्छ।

आँखा पाकेमा ध्यान दिनुपर्ने विषय

१) साबुन पानीले राम्ररी हात धुनुपर्छ।

२) आँखा सफा राख्नुपर्छ। आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय-समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ।

३) फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नु हुँदैन।

४) दिनदिनै लुगा र चलाएको रुमाल फेर्नुपर्छ।

५) आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ।

६) अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन।

७) आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ।

८) आँखा बेस्सरी मिच्नु हुँदैन। किनकि, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ|

कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तै: युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको अवस्थामा गम्भीर रुप लिन सक्छ। जसका कारण आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ।

त्यसैले आँखा रातो भएमा आफूखुसी औषधि प्रयोग गर्नुभन्दा आँखा विशेषज्ञलाई बेलैमा उत्तम हुन्छ।

(डा मल्ल नेत्र/आँखा रोग विशेषज्ञ हुन्।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल