alliance khabar

मंगलबार, साउन १६, २०८०

काठमाडौं -१६/नेपाल श्रम प्रतिष्ठान द्वारा अयोजित “बर्तमान सन्दर्भमा न्युनतम पारिश्रमिक ” बिषयक बिचार गोष्ठीमा बोल्ने क्रममा श्रम मन्त्री शरदसिंह भण्डारीले प्रत्येक २/२ बर्ष मा बढने श्रमिकको न्युनतम ज्याला यही साउन महिनामा वृद्धि हुने जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री भण्डारी ले आजको श्रम बजारको अवस्था अत्त्येन्तै भयावह अबस्थामा रहेको बताउनु भयो ।देशमा भएका शिक्षित युबा जनशक्ति पढ्ने भनी आफ्नो भबिस्य सुनिश्चितताका लागि दिनानुदिन बिदेशिने क्रम बढीरहेको ,श्रम बजारमा भएका सबै श्रमिकले उचित श्रम ज्याला नपाएका ,देशमा श्रम प्रतिको उचित सम्मान नभएको कारण ले पनि ४५ डिग्रीकाे तापक्रममा काम गर्न युवा जनशक्ति बिदेशीनु परेको यथार्थता बताउनु भयो ।

श्रमिकका सबालमा मन्तव्य राख्ने क्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका पुर्ब अध्यक्ष तथा नेपाल श्रम प्रतिष्ठानका संस्थापक अध्यक्ष खिलानाथ दाहालले राज्यले श्रमिकका मागका मुद्दाहरु समयमा सम्बोधन नगर्दा भोलिका दिनमा श्रम बजारमा देखा पर्नसक्ने संकट बेहोर्नु पर्ने बताउनु भयो ।बोल्ने क्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुवर ले राज्यले श्रम मन्त्रालयमा बिनियोजन बजेटमा भयेको कटौतिले श्रम क्षेत्रलाई थप उत्त्पीडनमा पारेको तर नेपाल ट्रेड युनियन काङ्ग्रेस रहुन्जेल कुनै पनि हालतमा श्रमजीवी हरुको अधिकार कुन्ठित हुन नदिन जस्तोसुकै परिस्थिति सङ सामना गर्न पछी नहटने पनि बताउनु भयो।नेपाल ट्रेड युनियन काङ्ग्रेस ले राखेको श्रमिक को न्युनतम ज्याला २५००० लगायतका मागहरु तुरुन्त राज्यले लागु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका बिशिष्ठ तहका व्यक्ति, विभिन्न ट्रेड युनियनका अध्यक्ष , नेपाल ट्रेड युनियन काङ्ग्रेसका पदाधिकारी तथा पुर्ब पदाधिकारी ,नेपाल ट्रेड युनियन काङ्ग्रेस सङ्ग आबद्ध २७ वटै संघका अध्यक्ष ,लगायत नेपाल ट्रेड युनियन काङ्ग्रेसका सम्पूर्ण संरचनाका नेतृत्व हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रममा सभापतित्व डा.खेमराज भेटुवालले गर्नुभयो ।कार्यक्रम संचालन नेपाल कृषि श्रमिक संघका अध्यक्ष तथा नेपाली काङ्ग्रेस महिला संघका अध्यक्ष बिमला गैरे ले गर्नुभयको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल