Alliancekhabar

सोमबार, साउन १५, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे गलफुलो देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी सूचनामा हाँडे गलफुलो आउँदा अचेत हुनु, धेरै पटक दुख्ने, तारान्तार वान्ता हुने, अण्डकोष सुनिने, कान दुख्ने वा सुनिने, क्षमता कमजोर भई स्वास्थ्यमा नकारात्मक असर पर्ने लगाउन हुनसक्ने उल्लेख गरिएको छ ।

हाँडे गलफुलो रोकथामका लागि बिरामी कम्तिमा ५ दिन घरमै आराम गर्नुपर्छ । यस्तै प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खानुपर्छ भने संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुडा तथा कपडा अरुले प्रयोग गर्न हुँदैन ।

यस्तै, खोक्दा हाँच्छिउ गर्दा मुख छोप्नुका साथै मास्कको प्रयोग गर्न मन्त्रालयको सुझाव छ । साबुन पानीले मिचिमिची हात धुने, व्यक्तिगत्त तथा पारिवारिक सरसफाइमा ध्यान दिन पनि सूचनामार्फत सहप्रवक्ता डा. अधिकारीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल