काठमान्डौ – श्रावण -५
नेपाल ट्रेड युनियन काङ्ग्रेस का अध्यक्ष योगेन्द्र कुमार कुँवर ले, ट्रेड युनियन काङ्ग्रेस, बि .पि को सिद्धान्त अनुरुप अगाडि बढेको बतायका छन् ।
४१ औं बि .पि स्मृति दिवसको अबसर परेर आयोजित कार्यक्रममा देश बिदेशमा छरिएर रहेका आम श्रमिकहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसले सम्पुर्ण श्रमिक हरुकोआर्थिक ,सामाजिक र राजनैतिक बिकासले मात्र बि .पि को मार्ग दर्शन ले सार्थकता पाउने बताए।
उनले ,हिजो बि .पि ले प्रत्येक नेपालीकोमा एउटा सानो घर,गरी खान पुग्ने जमिन , एक हल गोरु,परिवारको एक जनामा सरकारी जागीर ,समुदायमा एउटा बिद्यालय र स्वास्थ चौकी को परिकल्पना गरेअनुरूप आज बिश्व जगत बैज्ञानिक युगमा फड्काे मारी रहेको अबस्थामा ,हिजोकै दिनमा नफर्के पनि श्रमिकको ज्याला वृद्धि बैज्ञानिक प्रणालीअनुसार र भबिस्यको सुरक्षामा हुने निश्चितताले मात्र बि .पि को सिद्धान्तले साकार रुप लिने उनले बताए ।
सो अनुरुप प्रत्येक २/२ बर्षमा महँगिको अनुपातमा जिबन धान्न पुग्ने श्रमिकको ज्याला वृद्धि हुनुपर्ने ,श्रम आयोग गठन गर्नुपर्ने तथा सम्पूर्ण औपचारिक ,अनौपचारिक स्वोरोजगार श्रमिक लाई सामाजिक सुरक्षा को दायरामा ल्याउन जस्तो सुकै कठिन परिस्थिति मा पनि ट्रेड युनियन काङ्ग्रेस लागिपर्ने बताउनु भयो ।
कार्यक्रम नेपाल ट्रेड युनियन काङ्ग्रेस बागमती प्रदेशको आयोजनामा भएको थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईको सभापतित्वमा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननिय साम्सद प्रदीप पौडेलको प्रमुख आतिथ्यता ,नेपाल ट्रेड युनियन काङ्ग्रेसका रास्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुवरको बिशिस्ट आतिथ्यता र नेपाल ट्रेड युनियन काङ्ग्रेस रास्ट्रिय समितिका पदाधिकारी तथा केन्द्रिय सदस्य हरु ,प्रदेशका पदाधिकारी तथा सदस्यहरु , आबद्ध राष्ट्रिय संघका अध्यक्ष लगायतका श्रमिक नेता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको थियो ।