alliance khabar

बुधबार, साउन ०६, २०८३

काठमाडौँ, साउन ६ गते ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणालीको औपचारिक रूपमा सुरुवात गर्नुभएको छ । वैदेशिक रोजगार विभागमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री यादवले उक्त प्रणाली सुरु गर्नुभएको हो ।

उहाँले यस प्रणालीमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेकाले गुनासो तथा उजुरीका लागि केन्द्रमा रहेको विभागमा धाउनु नपर्ने र विदेशबाट पनि अनलाइनमा उजुरी दर्ता गरी कारबाहीबारे बुझ्न सकिने जानकारी दिनुभयो । यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेमा विदेश वा स्वदेशको जुनसुकै कुनाबाट पनि उजुरी गर्न सकिने भन्दै मन्त्री यादवले भन्नुभयो, “समस्यामा हुनुहुन्छ भने मोबाइलबाट उजुरी दर्ता गराउनुहोस् सरकारले कारबाही प्रक्रिया सुरु गर्छ ।” वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि वर्तमान सरकारले गम्भीर भएर काम गरेको उहाँको भनाइ छ ।

साथै मन्त्री यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पार्नुभयो । उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुक जस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यको खोजी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको छ । देशभित्रै कार्यरत श्रमिकले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउन लागेको पनि मन्त्री यादवले जानकारी दिनुभयो । हाल आन्तरिक श्रमिकले पनि श्रम कार्यालय धाउनुपर्ने अवस्था रहेकाले आउँदा दिनमा ती सेवालाई डिजिटल माध्यमबाट सहज बनाइने पनि उहाँले जानकारी दिनुभयो ।

विगतमा कानुन कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अबका दिनमा गलत क्रियाकलापमा सरकार निर्मम रूपमा प्रस्तुत हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल