alliance khabar

बिहिबार, चैत्र १२, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शरिरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित हुनेछ । तर, आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउन सक्छ, अध्ययनमा ध्यान दिन गाह्रो हुन सक्छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पन्न हुन सक्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायमा फाइदा हुनेछ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

टाढाको वा दुर्गम स्थानतर्फ यात्रा सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखार आउनेछ । आफन्तसँग दूरी बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आम्दानीमा बाधा पुर्‍याउनेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइने र अपेक्षाभन्दा कम फाइदा हुने देखिन्छ

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कल्पना र भावनामा केन्द्रित हुने समय छ । बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ, तर बचत हुन गाह्रो हुन सक्छ । ऋण वा सर सापटमा खर्च बढ्ने सम्भावना छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्ने र दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुने सम्भावना छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पशुपालन तथा कृषिबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप हौसला दिनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । समाजहितका कामको थालनी गर्न सकिनेछ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक व्यक्तिहरूलाई आकर्षित गर्ने काम सम्पन्न हुनेछ । काममा आलस्य आउने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि लाभ लिन गाह्रो हुन सक्छ । ठूलो प्रयासपछि सामान्य फाइदा प्राप्त हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जटिल काम सम्पन्न हुँदा पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र सोचेका काम सम्पन्न हुनेछन् । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने भएकाले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ठूला बडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । आकर्षक पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ काम गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटमा सहभागी हुने मौका मिल्नेछ । गरेका कामबाट अरूलाई पनि फाइदा पुग्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल