alliance khabar

सोमबार, चैत्र ०९, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंलाई अल्छीपनले सताउन सक्छ । शरीरमा रोग लाग्नाले धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भावना छ । तपाईंको बुद्धिको सही प्रयोगले चिताएका काममा सफलता मिल्नेछ । अन्नको लाभ हुनेछ भने परिवारजनका आकांक्षा पनि पूरा गर्न सक्नुहुनेछ । आज कसैबाट समर्थन तथा धन प्राप्त हुने योग छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज चिताएको काममा सफलता मिल्नेछ र धन लाभ पनि हुनेछ । कसैबाट सहयोग प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाट हुँदा मन रमाउनेछ । अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति प्राप्त हुनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शरीरमा सामान्य रोगले सताउन सक्छ, तर सामाजिक सम्मान भने प्राप्त हुनेछ । यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ । रमणीय र सुखद यात्राको सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आर्थिक पक्ष खासै राम्रो देखिँदैन । नसोचेको तथा अनावश्यक क्षेत्रमा खर्च हुन सक्छ, सावधान रहनुहोस् । सामान्य रोगले सताउन सक्छ । भौतिक सर सामानमा क्षति हुने सम्भावना छ । आर्थिक अभाव देखिन सक्छ, त्यसैले होसियारी अपनाउनुहोस् ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बिहान सुखद अनुभव हुनेछ तर बेलुकातिर काममा मन नलाग्न सक्छ । नबन्ने भनेका काम पनि अथक प्रयासले बन्न सक्छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको भेटघाटले मन प्रफुल्लित हुनेछ, तर सबै काम सोचे अनुसार सम्पन्न नहुन सक्छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आम्दानीको राम्रो योग रहेको छ । नचिताएको ठाउँबाट आय आर्जन हुन सक्छ । आम्दानीका विभिन्न स्रोतहरू खुल्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । आवश्यक र उपलब्धिमूलक यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामको थालनीका लागि आजको दिन राम्रो छ । परिवारमा केही आर्थिक समस्या आउन सक्छ । काम प्रति उत्साह बढ्नेछ र धन लाभ हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नयाँ योजना बनाउँदा फाइदा हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्ने सम्भावना छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज अनावश्यक डरले सताउन सक्छ, सतर्क रहनुहोस् । कसैसँग सामान्य मनमुटाव हुन सक्छ । निर्णय लिन नसक्दा काममा अवरोध आउने र चिन्ता बढ्ने सम्भावना छ । स्वास्थ्यमा अचानक समस्या आउन सक्छ । चोट पटकको जोखिम पनि देखिन्छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज तपाईंले अरूबाट आदर पाउनुहुनेछ, तर काम प्रति मन खासै नलाग्न सक्छ । धन मान प्राप्त हुने योग छ । जागिर तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सक्नुहुनेछ । विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय हो ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज तपाईंले सोचेका काम पूरा हुनेछन् र सुखको अनुभव हुनेछ । आर्थिक कारोबार राम्रो हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ । कृषि कार्यबाट पनि लाभ मिल्ने सम्भावना छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । खानपानमा विशेष ध्यान दिनु राम्रो हुन्छ । विभिन्न उपहार प्राप्त हुनेछन् र आयआर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल