alliance khabar

बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ, चैत ५ गते ।

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छौँ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचन परिणाम बुझाउने छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरेर विस्तृत रूपमा बताउने छौँ ।”

आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु हुने छ । फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ । नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ ।  निर्वाचनबाट राष्ट्रिय दलका रूपमा छ पार्टी मात्रै हुने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल