alliance khabar

बुधबार, चैत्र ०४, २०८२

हुम्ला, चैत ४ गते ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया यतिबेला मतदाता भेट्न घरदैलोमा निस्कनुभएको छ । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासा सुन्न उहाँ बस्ती बस्तीमा पुग्नुभएको हो ।

निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य रोकायाले उत्तरी नाम्खा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेको बताउँदै स्थानीयसँग आशा र अपेक्षा धेरै भएको जनाउनुभयो । उहाँले यतिबेला आफू मतदातालाई धन्यवाद दिन र समस्या तथा गुनासा सुन्नका लागि घरदैलो कार्यक्रममा सरिक भएको बताउनुभयो । काठमाडौँ जानुअगाडि जिल्लाका सातै गाउँपालिकामा पुग्ने र जनताका कुरा सुन्ने उहाँको योजना छ । कतिपय स्थानीयबाट व्यक्तिगत समस्या आउने गरेको भए पनि त्यस्ता माग प्राथमिकतामा राख्न नसकिने बताउँदै उहाँले यसअघि आफूले चुनावी घरदैलो कार्यक्रममा आफ्नातर्फबाट व्यक्त गरिएका प्रतिबद्धतालाई नै पूरा गर्नेतर्फ अग्रसर हुने जनाउनुभयो ।

शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनका लागि पनि आफूलाई मतदाताले सुझाव दिएको उहाँको भनाइ छ । नाम्खा र सिमकोट गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने कार्य सम्पन्न गरेका उहाँले गर्न सकिने र समन्वय गर्ने कुरा मात्र आफूले मतदातालाई बताउने गरेको जानकारी दिनुभयो । मतदातासँग आफूले विकासनिर्माणभन्दा पनि नीति निर्माणका क्षेत्रमा जोड दिने र विकासका लागि तिनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता मतदातासँग बताउने गरेको उहाँको भनाइ छ ।

मतदाताका आशा र अपेक्षा असीमित रहेको तर सीमित स्रोतसाधनका कारण सबै समस्या समाधान गर्न नसकिने बताउँदै उहाँले प्राथमिकताका आधारमा विकासका कार्य गर्नका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल