alliance khabar

शनिबार, फाल्गुण ३०, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मीयजनसँग भेटघाट हुने सम्भावना छ । रोकिएका घरेलु कामकाज बिस्तारै पूरा हुँदै जानेछन् । महत्वाकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । केही समय दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्ने भएकाले स्वास्थ्य प्रति सचेत रहनु राम्रो हुन्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भौतिक साधनमा समस्या आउनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । कल्पना र भावनामा बढी केन्द्रित रहने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम राख्नु राम्रो हुन्छ । आर्थिक रूपमा राम्रो आम्दानी हुने संकेत देखिन्छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विगतको सफलताले थप काम गर्न उत्साह बढाउनेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुने सम्भावना छ । प्रेरणा दिने व्यक्तिहरूसँग भेटघाट हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ र नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दीर्घकालीन लाभ प्राप्त हुने देखिन्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रचनात्मक काम सुरु गर्न अनुकूल समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । विगतको सफलताले थप हौसला प्रदान गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

केही समस्याले झमेला ल्याउन सक्छ । दाम्पत्य सम्बन्धमा पनि सानो असमझदारी बढ्न सक्ने सम्भावना छ । मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । बौद्धिक व्यक्तिहरूलाई आकर्षित गर्ने काम गर्न सकिनेछ । काममा केही आलस्य देखिन सक्छ र खर्च पनि बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय देखिन्छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ नदिँदा केही समस्या देखिन सक्छ । जटिल काम सफलतापूर्वक सम्पन्न हुँदा उत्साह र आत्मविश्वास बढ्नेछ । व्यापारबाट विशेष लाभ लिन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ र चिताएको काम पूरा हुने सम्भावना छ । विगतका कमजोरी सुधार्ने अवसर पनि प्राप्त हुनेछ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंका विचारले धेरैलाई आकर्षित गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएका काम पूरा हुन सक्छन् । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्व झन् निखार्नेछ र नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि मिल्न सक्छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवारमा केही असमझदारी बढ्न सक्छ । आमाबाट प्राप्त धनको सदुपयोगबाट लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग देखिन्छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । अप्रत्याशित ठाउँबाट धन आर्जन हुने सम्भावनाले मन प्रसन्न रहनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चोरी वा ठगीको जोखिम भएकाले आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु आवश्यक छ । सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । तपाईंका कामले धेरैको मन जित्न सक्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ प्राप्त हुन सक्छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिचान गर्न मद्दत मिल्नेछ । प्रतिस्पर्धाले मेहनत गर्ने हिम्मत बढाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

टाढिएका आफन्तहरू पुनः नजिकिनेछन् । घरमै बसेर विभिन्न काम सम्पन्न गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय बित्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगति हुनेछ । सहयोगीहरूको साथले काममा अपेक्षित सफलता मिल्नेछ। कृषिकर्म र व्यवसायिक कार्यमा पनि लाभ हुने संकेत देखिन्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनावश्यक दौडधुपमा समय बित्न सक्छ । समयको गति सम्हाल्न नसक्दा केही असहजता महसुस हुन सक्छ । टाढाको वा दुर्गम स्थानको यात्राको सम्भावना देखिए पनि अनावश्यक यात्रा नगर्नु उपयुक्त हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल