मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ । कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ । डर, वादविवाद वा कसैसँग मतभेद हुन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ । व्यापार भने लाभदायक देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइने र सामाजिक क्षेत्रमा सम्मान बढ्ने संकेत छ । दिदी बहिनी वा आफन्तका काममा सहयोग गर्नुपर्ने हुन सक्छ । मनमा केही द्विविधा रहेपनि जागिर तथा व्यवसायका लागि दिन अनुकूल छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट लाभ मिल्नेछ । अध्ययन, कृषि तथा व्यापारमा प्रगति हुनेछ । नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ र खुसीको खबर सुन्न पाइनेछ । चल अचल सम्पत्तिको कारोबार सम्भव छ । वैवाहिक जीवन सुखद रहनेछ तथा यात्राको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीका बीच पनि अपेक्षा नगरेको काम सफल हुन सक्छ । धैर्य र परिश्रमले उपलब्धि दिलाउने समय छ । साथीभाइको सहयोगले रोकिएका काम अघि बढ्नेछन् । अप्रत्याशित लाभ तथा टाढाको यात्राको सम्भावना देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य प्रति सजग रहनु आवश्यक छ, विशेष गरी खानपानमा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्न सक्छ । विरोधी सक्रिय हुन सक्ने भएकाले सतर्कता आवश्यक छ । आर्थिक पक्ष सन्तुलित राख्ने प्रयास गर्नु राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा सफलता प्राप्त हुनेछ । बुद्धिमत्ताको कदर हुने र नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ । रोकिएका काम सम्पन्न भई आर्थिक अवस्था सबल बन्नेछ । मुद्दा मामिलामा सफलता र अन्न लाभको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपेक्षाभन्दा बढी लाभ मिल्ने संकेत छ । निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ । आफन्तसँग भेटघाटले मन प्रसन्न बनाउनेछ । आयआर्जन राम्रो रहनेछ र परिवारबाट नयाँ योजनाका लागि सकारात्मक सुझाव प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ । काम सजिलै सम्पन्न हुनेछन् । यात्रा, भ्रमण तथा मनोरञ्जनका गतिविधिमा समय बित्नेछ । व्यापार सामान्य रूपमा लाभदायक रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरेलु समस्याले मन अस्थिर बनाउन सक्छ । नजिकका व्यक्तिबाट धोका हुने सम्भावना भएकाले सावधान रहनुहोला । आर्थिक हानी तथा स्वास्थ्य समस्या देखिन सक्छ । आज टाढाको यात्रा नगर्नु नै उचित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभ हुन सक्छ । तर साना तिना काममा अल्झनुपर्ने अवस्था आउन सक्छ । लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ । आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ मिल्न सक्छ । अधुरो काम बिग्रने चिन्ताले मन अस्थिर हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक अवस्था सन्तोषजनक रहनेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ कार्य सुरु गर्ने अवसर मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । परिवार तथा सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन र व्यापारमा निरन्तर सफलता प्राप्त हुनेछ । साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । नयाँ योजनाहरू बन्नेछन् र काममा उत्साह बढ्नेछ । आर्थिक लाभका साथै नयाँ कार्य प्रारम्भका लागि दिन शुभ रहेको छ ।