alliance khabar

बुधबार, फाल्गुण १३, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथी भाइले काममा सहयोग जुटाउन सक्छन् । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन र कृषिबाट सोचेअनुसार लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा कमजोरी तथा काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुन सक्छ । मुख्य काममा बाधा देखिन्छ । सानातिना घरेलु काममै अल्झिनुपर्दा मन अशान्त रहला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । समय मध्यम छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीहरूसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले केही काम रोकिन सक्छ । समस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तर सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम र पदको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, त्यसैले सावधान रहनुहोला । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्न सक्छ । नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ र आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाउन सकिने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही अवसर जुटेपनि परिस्थिति संघर्षमय रहन सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । लेनदेनको विवादले समस्या निम्त्याउन सक्छ । पुरानो रोगले सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिनेहरूबाट सतर्क रहनुहोला ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान पाइने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउन मद्दत गर्नेछ । पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम सफल नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ । कृषि र पशुपालन क्षेत्रमा केही समस्या देखिए पनि धन आर्जनको अवसर छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा पर्ने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पन्न गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । रुपैयाँ पैसा हराउने सम्भावना छ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै कमजोरीले ढिलासुस्ती हुन सक्छ । परिवारजनसँग असमझदारी बढ्नाले काममा बाधा पुग्न सक्छ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले चिन्ता बढ्न सक्छ । मान सम्मानमा ठेस लाग्न सक्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । दिन सामान्यतया राम्रो रहनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ तथा दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । सजिलै काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल