alliance khabar

बिहिबार, माघ २९, २०८२

चन्द्रपुर (रौतहट), माघ २९ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट  आइपुग्नुभएको  छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो ।

बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिनुभयो ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले स्वागत गरेका थिए । ‘रोड सो’ का क्रममा शाह चन्द्रनिगाहपुरबाट गरुडा, जयनगर हुँदै मौलापुरसम्म गाडीबाटै हात हल्लाउँदै समर्थकको अभिवादन स्वीकार गर्दै अगाडि बढनुभएको थियो । शाह मौलापुरबाट बाराको कलैया हुँदै वीरगन्ज  जानुभएको छ  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल