alliance khabar

मंगलबार, माघ २७, २०८२

गौशाला (महोत्तरी), माघ २७ गते ।

महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै हुनुहुन्छ ।

सभापति थापा महोत्तरी क्षेत्र नं १ को स्थानीय प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यक्रममा उपस्थित भएर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिल कुमार यादवले जानकारी दिनुभयो । उहाँले सभापति थापाले प्रदेश र केन्द्रका विकास योजना, पार्टीका नीतिहरू र आगामी निर्वाचनको महत्वबारे मतदातालाई अवगत गराउने बताउनुभयो ।

अध्यक्ष थापाको बर्दिवास आगमनसँगै स्थानीय कांग्रेसका युवा र महिला कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले मतदातामा पार्टीको सन्देश पुर्याउने र क्षेत्रीय विकासका योजना समेटेर चुनावी रणनीति प्रस्तुत गर्ने योजना बनाएका छन् । विगतमा विभिन्न विकास र सामाजिक कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा पनि क्षेत्रीय जनसमर्थन जुटाउन अध्यक्ष थापाको सम्बोधन निर्णायक हुने विश्वास लिएको छ ।

स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको अवसरका रूपमा लिएका छन् । निर्वाचन नजिकिँदै गएसँगै बर्दिवासमा राजनीतिक माहोल तातेको छ ।

कांग्रेस बर्दिवास नगर समितिका सचिव बिनोद ढुंगेलको अनुसार आजै साँझ ५ बजे प्रचार प्रसार कार्यालय बर्दिवास पुगेर सभापति थापाले सम्बोधन कार्यक्रम रहेको छ ।

महोत्तरी क्षेत्र नं १ बाट कांग्रेसबाट नेपालको ऊर्जा, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विभिन्न निर्णायक चरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. मुकेशराज काफ्ले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा निर्वाचन मैदानमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल