alliance khabar

शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।

डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ ।

पोखरेलले औषधिमा हिनामिना गरेको भन्दै जिम्मेवारीबाट हटाएर उनीमाथि छानबिन भइरहेको थियो । स्रोतका अनुसार पोखरेलले आफ्नो कमजोरी स्वीकार पनि गरेका थिए । छानबिन समितिले बिहीबार मात्र उनलाई स्पष्टिकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल