alliance khabar

शुक्रबार, माघ १६, २०८२

काठमाडौँ, माघ १६ गते ।

गृहमन्त्री ‌ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ।

राष्ट्रिय सहिद दिवस, २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेनजी सुशासन योद्धा र अमर प्रहरीको विवरण सहितको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

राष्ट्रको लागि विभिन्न समयमा जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो धारणा व्यक्त गर्नुभएको हो।

राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने बताउँदै मन्त्री अर्यालले आजको पुस्ताले सहिदको आदर्शबाट प्रेरणा लिएर इमानदारी, कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण, निर्णय र कर्मबाट नै सहिदको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकारी स्थानीय तहका जनप्रतिनिधी सहिद परिवार लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल