alliance khabar

बिहिबार, माघ ०८, २०८२

म्याग्दी, माघ ८ गते ।

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ ।

मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो ।

उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै आफ्नो आत्मकथा पुस्तक समेत बिक्री गर्दै फरक ढङ्गले चुनावी अभियान सञ्चालन गर्नुभएको छ । महावीरको स्वतन्त्र उम्मेदवारीले जिल्लामा चुनावी रौनक फरक देखिएको छ ।

डा. पुनले बुधबार धवलागिरी गाउँपालिकाको मुना,मुदी र खिबाङ पुगेर मतदातासँग भेटघाट गर्नुका साथै आत्मकथा पुस्तक बिक्री गरेको उहाँका सहयोगी चित्र तिलिजाले बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष समेत रहनुभएका डा पुनले निर्वाचन प्रचारप्रसारका साथै आफ्नो किताब बिक्री गर्ने उद्देश्य राख्नुभएको उहाँले बताउनुभयो । पुनका सहयोगी तिलिजाले भन्नुभयो, ‘‘उहाँको किताब म्याग्दी जिल्लाको ग्रामिण भेगहरुमा पुगेको छैन । अहिले निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवार समेत हुनुभएको छ । चुनाव प्रचारप्रसार, मतदाता सँग भेटघाट, परिचय र किताब बिक्री गर्ने काम सँगसँगै गर्दछौं ।’’ चुनावी अभियानका क्रममा जिल्लाका ग्रामीण वस्तीहरुमा किताब पु¥याउने उहाँले बताउनुभयो ।

अध्यादेशबाट शिक्षा सुधारका लागि विधेयक ल्याउने प्रयास असफल भएपछि झोक्किएर मंगलवार मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न पुर्ख्यौली थलो म्याग्दी आएको उहाँले डा. पुनले बताउनुभएको छ । ड.पुनको अन्नपूर्ण गाउँपालिका–८, नांगी गाउँ पुर्ख्यौली थलो हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

जिल्लामा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल