alliance khabar

सोमबार, पुष १४, २०८२

भारदह(सप्तरी), पुस १४ गते ।

सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका एक विपन्न दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दासले दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको छ ।

स्थानीय राम किसुन तत्मा दासको छोरा ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो । बिहान बेलुका बाइरिङ्ग गर्ने र बचेको समय विद्यार्थीलाई ट्युसन पढाएर जम्मा गरेको पैसा र बाबुले मजदुरी गरेर कमाएको आम्दानीको सहयोगले तेस्रो पटकको प्रयासमा नाम निकाल्न सफल भएको उहाँले बताउनुभयो ।

उहाँ एमबीबीएसमा अध्ययनका लागि राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान दाङमा भर्ना हुनुभएको एक हप्ता भयो । भर्ना गर्ने बेलामा क्याम्पसमा ६५ हजार पाँच सय र अन्य खर्च गरी ८० हजार खर्च भएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भर्ना त भए, तर होस्टेल खर्च प्रति महिना १५ हजार लाग्छ भनेको छ । किताब कापी, कलम, लुगाफाटो तथा अन्य आवश्यक खर्च गरी महिनाको २५ हजार खर्च हुन्छ । बुवाले मजदुरी गरेर पढाइ खर्च धान्न सक्नु हुन्छ कि हुँदैन भन्ने चिन्ता छ ।’’

विद्यालय र कक्षा ११/१२ पढ्दासम्म बुवाले दिनको ९/१० घण्टा मजदुरी गरेर मेरो र भाईको पढाइको खर्च जोहो गर्नुभएको थियो ।

एमबीबीएस अध्ययनका क्रममा काठमाडौँ बसाइँमा लाग्ने खर्च धान्न नसक्दा ६ महिना काठमाडौँ बस्थे र ६ महिना गाउँमा आएर ट्युसन, विद्यालयमा पढाउने र बाँकी समय वाइरिङ्ग गरेर पैसाको जोहो गरेर फेरि काठमाडौँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय आधारभूत विद्यालय खडकपुरमा कक्षा ८ सम्म अध्ययन गर्नुभएको उहाँ श्री ५ महेन्द्र चुनि माध्यमिक विद्यालय मानराजाबाट २०७७ सालमा एसइई र २०७९ सालमा लिटिल स्टार लाहानबाट १२ कक्षा उत्तीर्ण गर्नुभएको थियो ।

‘‘मेरो पालिकामै मेरो छोराले पहिलो पटक पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि गौरब महशुल गरेको छुँ ।’’ बुबा रामकिशुनले भन्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘‘ऋण काढेर छोरालाई जसरी पनि पढाउँछु । छोराको दाहिने हातको तीनवटा औँला जोडिएकाले कहिलेकाही लेख्न समस्या हुने गरेकामा छ । दुई छोरामध्ये कान्छो विद्यालयमा पढ्दै छ ।’’

सोही गाउँपालिकाका मधेश प्रदेशका पूर्व सांसद अभिषेक यादवले जिउँदो सपना र इच्छाशक्तिका कारण ओमप्रकाश एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल