alliance khabar

सोमबार, मंसिर २९, २०८२

फुङलिङ, मङ्सिर २९ गते । 

ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् ।

सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै झापाले म्याङ्लुङ स्पोर्टिङ युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गदै फाइनलमा धरानसँगको भिडन्त पक्का गरेको हो ।

सिरिजङ्गा सिहँ थेवेको जन्मजयन्तीको अवसरमा गत मङ्सिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको पारिजात फुटबल क्लब सहित आठ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद तीन लाख ३२१ रुपियाँ र उपविजेताले एक लाख ५० हजार ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलको विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकको भनाइ छ ।

स्थानीय स्तरमा उत्पादन भएका कृषि सामग्रीहरूको बजारीकरण तथा खेलकुदकै माध्यमबाट सिरिजङ्गा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल