alliance khabar

आइतबार, आश्विन १४, २०८०

काठमाडौँ, १४ असोज : चन्द्रागिरि नगरपालिकाले ‘अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत पाँच किमी जुनियर पुरुष टिममा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

सोही प्रतियोगिताको १० किमी सिनियर महिला टिमतर्फ चन्द्रागिरिले दोस्रो स्थान हासिल गरेको छ । शनिबार एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा पहिलो पटक यहाँ सञ्चालित प्रतियोगितामा विभिन्न ४० नगरपालिकाको सहभागिता रहेको थियो । जुनियर टिममा एक सय ५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम र पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ पोखरा महानगरपालिकाका कृषबहादुर परियार प्रथम हुनुभएको थियो ।

त्यस्तै १० किमी महिला सिनियर व्यक्तिगततर्फ चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम र १० किमी पुरुष व्यक्तिगततर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम हुनुभएको थियो । अत्यन्तै रोचक प्रतिस्पर्धात्मक १० किमी सिनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो भने १० किमी पुरुषतर्फ हलेसी नगरपालिका प्रथम भएको थियो । पाँच किमी जुनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम र पाँच किमी पुरुषतर्फ चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो ।

प्रतियोगितका विजयी खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले संयुक्तरूपमा ट्रफीसहित पुरस्कार प्रदान गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय धावकद्वय वैकुण्ठ मानन्धर तथा र राजेन्द्र भण्डारीलाई सम्मानसमेत गरिएको थियो ।

सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले खेलकुदका माध्यमबाट समृद्ध चन्द्रागिरि बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनसमेत हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतियोगिताका संयोजक तथा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि नगरपालिकाले खेलकुदको प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल