alliance khabar

शनिबार, मंसिर २७, २०८२

लमजुङ, मङ्सिर २७ गते ।

आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ ।

जिव्रोलाई ट्वाक्क बनाउने अचार आजभोलि आम्दानीको स्रोतपनि बन्दै गएको छ । बेरोजगार बनेर घरमै बसिरहनुभएकी मध्यनेपाल नगरपालिका –५ पराजुलीबेंसीकी शोभा रानामगरले सुरु गर्नुभएको अचार उद्योगले उहाँलाई मात्र होइन, परिवारका चारजना सदस्यलाई स्वरोजगार बनाएको छ ।

एक बर्षअघि मध्यनेपाल नगरपालिका –४ दुईपिप्लेमा सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको तीन दिने अचार बनाउने तालिम लिएपछि शोभाका हात खाली भएका छैनन् । गाउँघरमा पाइने मौसमअनुसारको लप्सी, आँप, अमला, रूख कटहर, लसुन, टिमुरको छोप, बन्दा, काउली, अकबरे खुर्सानी, काँक्रो, करेला, मेथीको टुसा, मुला आदिको अचार बनाउने कामले उहाँलाई फुर्सदको समय छैन् ।

अचारमा उहाँको ब्राण्ड छ–‘लाफाको अचार’ । उहाँ भन्नुहुन्छ, “‘लाफा’को अर्थ मगर भाषामा ‘साथी’ हो । मैले बनाएको अचार अहिले जन–जनको भान्सामा साथी बनिरहेको छ । यसैमा म खुसी छु ।”

उहाँले उत्पादन गरेको अचार लमजुङका सहरबजारमा मात्र नभई तनहुँको दमौली, कास्कीको पोखरा, संघीय राजधानी काठमाडौं तथा चितवनको नारायणगढ, भारतपुरसम्म पनि पुग्ने गरेको छ । विदेशमा जानेहरूले कोसेलीका रूपमा समेत अचार लैजाने गरेका छन् ।

अचार बनाउने उद्योगले शोभालाई मात्र नभइ घरका अन्य चार जनाले समेत रोजगारी पाउनुभएको छ । सासूआमा, ससुरा–बा, छोराछोरीले उद्योगमा काम  गर्ने गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा दुबई गएर बिदामा घर आउनुभएका श्रीमानले समेत उत्पादित अचार बजारसम्म लैजान सघाउने गर्नुभएको शोभाले बताउनुभयो । अचारको माग बढी भएका बेला दैनिक ज्यालादारीमा स्थानीय चार–पाँच जनालाई काम दिने गरेको उहाँले बताउनुभयो ।

उत्पादित अचार विक्रीको लागि बजार अभाव नभएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अचार बनाएर फेसबुक र टिकटकमा राखेपछि माग गर्नेहरु फोन आउन थाल्छ । १५ दिनको बिचमा ६० हजार रुपियाँको अचार बिक्री गरें ।”

उहाँले तरकारी तथा फलफुलका मात्र हैन माछमासुको समेत अचार बनाउने गर्नुहुन्छ । सिद्रा माछासँगै बंगुर, कुखुरा, खसीको मासुको समेत अचार बनाउने गरेको उहाँले बताउनुभयो । अन्य मासुको प्रति किलो ९ सय र खसीको मासुको अचार प्रतिकिलो २ हजार १ सय रुपियाँमा विक्री गर्नेगरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल