alliance khabar

बिहिबार, मंसिर २५, २०८२

लेखनाथ, मङ्सिर २५ गते ।

 वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखरामा आगामी शुक्रबार पृथक प्रकारको महोत्सव हुँदै छ । पोखरा–१६ मा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा महोत्सव हुन लागेको हो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरा महानगरपालिका वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल पोखरा १६ को आयोजनामा मौरीपालनलाई प्रवर्धन गर्दै पर्यटनलाई सघाउन मौरी तथा मह मेला २०८२ हुन लागेको हो ।

महोत्सवमा उत्कृष्ट मौरीपालकलाई सम्मानसहित मह काढ्ने प्रतियोगिता, कृषकबिच वक्तृत्वकला प्रतियोगिता, मौरीपालनबारे खुला हाजिरीजवाफ जस्ता गतिविधि हुने आर्थिक पोखरा महानगरका विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । “महोत्सवमा स्थानीय मह प्रवर्धन, मह काढ्ने प्रविधि प्रवर्धन गरिनेछ,” उहाँले भन्नुभयो, “सँगसँगै स्थानीय मह बिक्रीसमेत हुनेछ ।”

वडा स्तरीय कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतले महोत्सवमा पोखराका ३३ वटै वडाबाट मौरीपालक कृषकहरुको सहभागिता रहने बताउनुभयो । महानगरले वडा नम्बर १६ नम्बर वडालाइ पनि मौरी पकेट क्षेत्र घोषणा गरेको छ । यो वडामा मात्र पाँच सय मौरी पालक रहेको बस्नेत बताउनुहुन्छ । यो वडामा चार सय घर सेरेना र करिब दुई सय घार मेलिफेरा जातका मौरीपालन रहेको उहाँको भनाइ छ ।

पोखरा महानगरले मौरीपालनलाई प्रोत्साहन गर्न समर्थन मूल्य तोकेको छ । अहिले यहाँका किसानले स्थानीय मह किलोको एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री गर्दै आएका छन् । मह बिक्री नभए महानगरले तोकिएको समर्थन मूल्य किलोको आठ सय २५ रुपैयाँ दिइने जनाउँदै महाशाखा प्रमुख कडरिया समर्थन मूल्य दिनुपर्ने अवस्था नरहेको र माग नै पूरा नभएको जनाउनुहुन्छ ।

पोखरा महानगरको कृषि भूमी घट्दै गएको छ भने मुख्य बजार क्षेत्रमा आवास बन्ने क्रम तीव्र छ । मौरीपालनबाट एकातिर मह आपूर्ति हुनुका साथै अर्कातिर हरियाली विस्तार, खाद्यान्न, तेलहन लगायतका बालीको वृद्धि हुने अपेक्षा गरिएको छ । पोखरा उपत्यकामा गरिएको मौरीपालनबाट वार्षिक ९० टन मह उत्पादन हुने कृषि विकास महाशाखाको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल