alliance khabar

मंगलबार, मंसिर १६, २०८२

काठमाडौँ, मङ्सिर १६ गते ।

सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमिल्सेनालाई प्रदान गरिएको छ ।

यस्तै सेजन अवार्ड छापा माध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमान्डु डटकमका सुनील कुँवरले अवार्ड प्रदान गरिएको छ ।

त्यसै गरी डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड–२०८२ नेपाल न्युज डटकमका उद्धव थापा र अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीलाई प्रदान गरिएको छ । समारोहमा स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार–२०८२ गोरखापत्र दैनिकका भेषराज बेल्बासेलाई प्रदान गरिएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारलाई नगद र प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल