alliance khabar

सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ, मङ्सिर १ गते ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ । सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सोमबारदेखि हुन लागेको हो ।

इपिएस शाखाका अनुसार दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने गरी गर्न लाएिको हो । भाषा परीक्षाको सूचना कोरिया र नेपालले एकै पटक सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । भाषा परीक्षामा एक लाख दुई हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेको जनाएको छ । सो शाखाका अनुसार उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको छ । कृषि तथा पशुपालन क्षेत्रमा परीक्षार्थी ३५ हजार छन् ।

पछिल्लो समय कोरियाले नेपालबाट ठुलो सङ्ख्यामा नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षा गर्ने तयारी गरिरहेको छ । कोरियाले १७ इपिएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक माग गर्दै आएको छ । नेपालको आन्तरिक कारण भाषा परीक्षामा ढिलाइ भए नेपाललाई कोरियाले दिँदै आएको कोटा अन्य देशमा जाने सम्भावनासमेत रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल