alliance khabar

सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ, मङ्सिर १ गते ।

 नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ ।

यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत पहिलो भुक्तानी हो । वन फँडानी र वन क्षयीकरण कम गरेर कार्बन उत्सर्जन घटाउने र समावेशी, दिगो वन व्यवस्थापनलाई प्रवर्धन गर्ने नेपालको प्रयासमा प्रमुख कोसेढुङ्गा रहेको विज्ञप्तिमा उल्लेख छ ।

मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनले यो भुक्तानी नेपालले वन फँडानी घटाउने, वन प्रशासन सुदृढ गर्ने, जैविक विविधता संरक्षण बढाउने र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने सफलताको प्रमाण रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले यो परिणाममा आधारित भुक्तानीले हाम्रा वनमा आश्रित समुदाय, आदिवासी जनजाति र सरकारको हाम्रो वन संरक्षण र व्यवस्थापनमा प्रयास र समर्पणलाई प्रतिविम्बित गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल