alliance khabar

बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ, कात्तिक २६ गते ।

 स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा दुई हजार तीन सय रुपियाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो तीन दिनको अवधिमा बजारमा सुनको मूल्य तोलामा सात हजार आठ सय रुपियाँले बढेको छ ।

मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार १४५ अमेरिकी डलर पुगेको छ । सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य प्रतिऔँस ८८ डलरले बढेको छ ।

यसअघि ३१ असोजमा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत साता दुई लाख ३६ हजारमा झरेको थियो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकी बजेट पास नभएकाले आर्थिक गतिविधि चलायमान नहुँदा सुनको मूल्य बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

बिचमा केही समय स्थानीय बजारमा सुनको मूल्य घटे पनि कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । मङ्सिरमा विवाहको सिजन भए पनि बजारमा सुनको माग बढ्न नसकेको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले दैनिक २५ केजी सुन आयात गर्न कोटा निर्धारण गरेको छ । बजारमा माग बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को तीन महिनामा १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपियाँ बराबरको ६०१ केजी सुन आयात भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल