alliance khabar

बिहिबार, कार्तिक १३, २०८२

भैरहवा, कात्तिक १३ गते ।

ट्रङ्क लाइन र डेडिकेटेड लाइनको महसुल तिर्न अस्वीकार गरेका रुपन्देहीका १३ उद्योगका सञ्चालकले आफूहरूको अडान कायम राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका छन् । बुधबार बसेको उद्योगी–व्यवसायीको बैठकले बिहीबार बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि एक घन्टे धर्ना गर्ने निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले बैठकले पहिलो चरणमा प्रतीकात्मक रूपमा धर्ना गर्ने र त्यसपछि थप शक्तिशाली आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहीबारको धर्ना हाम्रो चेतावनी हो, त्यसपछि हामी थप सशक्त र निरन्तर आन्दोलनका चरणतर्फ जाने छौँ ।”

उद्योगीहरूको आन्दोलनलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपाल र जिल्लाका अन्य व्यापार सङ्घ–संस्थाले समर्थन जनाउने भएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमले उद्योगमाथि एकलौटी रूपमा लाइन काटिएको भन्दै त्यसले हजारौँ मजदुरको रोजगारी जोखिममा पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मजदुरको रोजगारी सुरक्षित गर्न हामी उद्योगीसँग सहकार्य गर्दै आन्दोलनमा सहभागी हुने छौँ ।”

बिहीबारको धर्ना कार्यक्रममा हाल बन्द रहेका उद्योगका मजदुरले समेत उपस्थिति जनाउने तयारी भइरहेको छ । उद्योगीले विद्युत् महसुल दर पुनरवलोकन र निष्पक्ष समाधानको माग गर्दै आन्दोलन निरन्तर गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल