alliance khabar

बुधबार, आश्विन २२, २०८२

काठमाडौँ, असोज २२ गते ।

मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो ।

अध्यक्ष ठाकुरले  भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल थालिएको हो तर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग मागेको छ । छलफल चलिरहेको छ ।”

मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा कायम रहेको १०७ सदस्य सङ्ख्यामध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । दलहरू आफ्नो   पक्षमा बहुमत  पु¥याएर नयाँ  सरकार बनाउने प्रयासमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल