alliance khabar

बुधबार, आश्विन २२, २०८२

काठमाडौँ, असोज २२ गते ।

कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी आन्दोलनका अगुवाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन माग राखेपछि बारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । बार महासचिव केदार कोइरालाले विज्ञप्तिमार्फत निर्देशित न्यायालय सञ्चालनको कुचेष्टा भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

बारको विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाको सुधार न्यायपालिकाकै प्रतिवेदनले देखाएको छ । नेपाल बार एसोसिएसनको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनले न्यायपालिकाको पुनर्संरचनाको विषयमा आफ्नो धारणा स्पष्ट राखेको छ । न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा हुनु पर्छ । हाल सञ्चारमाध्यममार्फत स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टाप्रति नेबाए घोर भत्र्सना गर्दछ ।”

न्यायालयको पुनर्संरचना हुनुपर्नेमा बारको राष्ट्रिय सम्मेलनकै साझा निष्कर्ष रहेको र वैधानिक विधिबाट त्यसको हल गरिनुपर्ने वक्तव्यमा उल्लेख छ । कठिन अवस्थामा पनि कानुनी शासनको आधारभूत मानकलाई बेवास्ता गर्न नमिल्ने बारको धारणा छ । स्वच्छ सुनुवाइसहितको मानव अधिकारको आधारभूत मापदण्ड पालना गर्नु राज्यको प्रथम दायित्व भएको स्मरण बारले वक्तव्यमार्फत गराएको छ । सुरक्षा निकायको मनोबल खस्किने गरी भएको गतिविधिमा पनि बारले आपत्ति जनाएको छ । सबै पक्षसँग व्यापक परामर्श र संवाद गर्न बारले सरकारलाई आग्रहसमेत गरेको छ । बारले सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतका कामकारबाही अविलम्ब नियमित रूपमा सुरु गर्न पनि माग गरेको छ । बारले जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे छानबिनका लागि गठित आयोगको नेतृत्वबारे पनि प्रश्न उठाएको छ । आयोग अध्यक्षको पूर्वधारणाले कामको निष्पक्षता र प्रतिवेदनको विश्वसनीयता गुमाउने बारले शङ्का गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल