alliance khabar

आइतबार, आश्विन १९, २०८२

गुलरिया (बर्दिया), असोज १९ गते । 

दसैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट केरा आयात नरोकिएपछि बर्दियाका केरा दसैँमा पनि नबिकेको हो ।

बर्दियामा करिब पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । जसमध्ये मुस्किलले २५० हेक्टर क्षेत्रफलको केरा बिकेको किसानले बताएका छन् । गत वर्ष दसैँअगाडि नै केरा व्यापारी किसानको खेतबारीमा पुग्ने गर्दथे । केरा व्यवसायी सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले अहिले किसान नै व्यापारीसँग पुग्दासमेत केरा नबिकेको बताउनुभयो । “गत वर्षसम्म किसान खेतमा केरा खरिद गर्न आउँदा किसानले मोलमोलाई गरेर छ सय रुपियाँमा प्रतिक्यारेट (१० दर्जन) सम्म केरा बिव्रmी गरेका थिए,” उहाँले भन्नुभयो, “यस पटक भने व्यापारीलाई मेरो केरा किन्देऊ भन्दै जाँदा किसानले न्यूनतम दुई सयदेखि तीन सय ५० प्रतिक्यारेटसम्म बेचेका छन् ।” गत वर्ष मङ्सिर, पुसमा बेचिने दरमा दसैँमा केरा बेच्दासमेत बिक्री नभएको उहाँले बताउनुभयो । “अब तुलनात्मक रूपमा दसैँको जस्तो केरा बिक्दैन,” उहाँले भन्नुभयो, “यस पटक बर्दियाको केरा बारीमै कुहिने निश्चित छ ।”

केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले गत वर्षको तुलनामा यस वर्ष केरा बिक्री कम भएको बताउनुभयो । उहाँले जेनजीको आन्दोलनले पनि केरा खरिदबिक्रीमा समस्या बनाएको बताउनुभयो । उहाँले तिहारसम्म केरा बिक्री नभएमा किसानको लगानी डुब्ने बताउनुभयो ।

केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके, सुर्खेत, दाङलगायतका जिल्लामा निर्यात गर्न सक्षम बर्दियाका किसान हाल केराले बजार मूल्य नपाउँदा मर्कामा परेका हुन् । सिजन र चाडबाडको समयमा भारतीय केरा अत्यधिक आयात हुँदा नेपाली केरा बिक्न छाडेको हो । सरकारले केरा आयातमा कडाइ गर्नका लागि भन्सार र क्वारेन्टाइनमा परिपत्र गरे पनि नरोकिएको केरा व्यवसायी टीका सम्सेलीले बताउनुभयो ।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न छन् । बर्दियामा वार्षिक ४० करोड रुपियाँको केराको कारोबार हुने गरेको छ ।

बर्दियामा हाल केरा खेती विस्तारसँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योग स्थापना भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल