alliance khabar

शुक्रबार, आश्विन १७, २०८२

धनगढी, असोज १७ गते ।

कर्‍याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्‍याङकुरुङ बसाइँ सर्न थालेका हुन् ।

रसिया मङ्गोलियाबाट हजारौं किलोमिटर उडान भरेर यी प्रजातिका चरा भारततर्फ जानेगरेका छन् । नेपालको विभिन्न रुटहुँदै भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबासका लागि जाने कर्‍याङकुरुङ त्यता करिब छ महिनासम्म बसोबास गर्नेगरेको जराविदहरुको भनाइ छ ।

सेप्टेम्बर १ देखि १७ तारेखसम्म कर्‍याङकुरुङको बसाइँ सर्ने खास समय रहे पनि यस वर्ष सेप्टेम्बर २४ गतेबाट बसाइँ सर्न सुरु भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली कोरीडोर हुँदै कर्‍याङकुरुङ भारततर्फ गइरहेका छन् । बसाइँ सर्ने क्रममा कैलाली, कञ्चनपुर र बर्दियाका आकाशमा यी चराहरु देखा परिरहेको जनाइएको छ ।  मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने कर्‍याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर भी आकार बनाएर आकाशमा उड्ने गर्दछन् ।

कर्‍याङकुरुङ आवाज निकाल्दै आकाशमा कर्‍याङकुरुङ सारस देखा परिरहेको स्थानीय कृष्ण चौधरीले बताउनुभयो । भारतमा कर्‍याङकुरुङ जाडो यामभरी बस्ने गर्दछन् । जाडो याम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तान लगायतका देश हुँदै पुनः रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ फर्कने गरेको चराविद डङ्गौराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल