alliance khabar

शनिबार, आश्विन ११, २०८२

काठमाडौँ, असोज ११ गते ।

हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ ।

रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौँ आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैँका बेला राजधानी छाडेर जाने गर्छन् ।

काठमाडौँबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौँबाट छुट्न थाल्दा जाम नै भएको छ ।

काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रमा घर फर्किनेहरुको शनिबार बिहानैदेखि ठूलो भीड लागेको छ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल