alliance khabar

बुधबार, आश्विन ०८, २०८२

काठमाडौँ, असोर ८ गते।

 नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ हुनुभएको छ ।

नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो ।

देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता बस्नेतको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “उहाँहरुको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि यहाँबाट जानुहुन्छ ।”

भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए। देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै निकालेका थिए। प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उहाँहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो। अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा हुनुहुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल