alliance khabar

बुधबार, आश्विन ०८, २०८२

ताप्लेजुङ, असोज ८ गते ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो ।

काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बुझ्नुभएको छ । महानगरबाट ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको र सो एम्बुलेन्स आफूले बुझेको उपाध्यक्ष कडरियाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने छ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सले पालिकावासीलाई राहत पुग्ने विश्वास राखिएको उपाध्यक्ष कडरियाको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले भने स्वास्थ्य सेवामा पछाडि परेका, भौगोलिक कठिनाइका कारण आकस्मिक सेवा पाउन कठिन भएका र स्वास्थ्य सुविधा न्यून रहेका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको जनाइएको छ । महानगर स्रोतका अनुसार ताप्लेजुङको सिदिङ्वासहित देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल